News Griha :: न्यूजगृह
राजस्व अनुसन्धान टोलीमाथि मिर्चैयामा ढुंगामुढा
राजस्व अनुसन्धान टोलीमाथि मिर्चैयामा ढुंगामुढा मिर्चैया-५ संस्था चौकस्थित मुरारी साहको पसलमा गएको टोलीमाथि मंगलबार ढुंगामुढा भएको हो । राजस्व अनुसन्धान कार्यालयको टोलीले गरिरहेको अनुसन्धानको विरोध गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्गमा सिरहा मिर्चैया खण्ड मंगलबार दिउँसो करिब एक घण्टा आवागमन अवरुद्ध गरेका छन् । 
निजामती कर्मचारीको प्रश्न— हामीलाई न्याय कसले दिने ?
निजामती कर्मचारीको प्रश्न— हामीलाई न्याय कसले दिने ? संघीय निजामती विधेयकमा असन्तुष्ट स्थानीय तहका कर्मचारीहरूले मंगलबार पनि राजधानीमा प्रदर्शन जारी राखेका छन् । मंगलबार माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरूले सरकारसँग न्यायको माग गर्दै उनीहरूको मुद्दामा सरकारको उपस्थिति खोजेका हुन् । 
बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी थापा पक्राउ 
बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी थापा पक्राउ  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई बल्खुबाट पक्राउ गरेको हो । उच्च अदालत पाटनले गत असार ३ गते उनलाई बैकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै दुई दिन कैद हुने फैसला गरेको थियो ।
मनसुन पूर्णरुपमा बाहिरिन अझै केही दिन लाग्ने
मनसुन पूर्णरुपमा बाहिरिन अझै केही दिन लाग्ने नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू–भाग भएर यही असोज १९ गते यस वर्षको मनसुन बाहिरिए पनि देशका अन्य भू–भागमा मौसम कायमै रहेको छ ।
यसवर्ष ८८.५ प्रतिशत मनसुनी वर्षा
यसवर्ष ८८.५ प्रतिशत मनसुनी वर्षा नेपालमा यसवर्ष मनसुन अवधिमा ८८‍.५ प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा सरदरभन्दा कम वर्षा भएको छ ।
सुराकीको नाममा दिइने पुरस्कार खारेज गर्न आम जनता पार्टीको माग
सुराकीको नाममा दिइने पुरस्कार खारेज गर्न आम जनता पार्टीको माग आम जनता पार्टीले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कार दिने व्यवस्था हटाउन माग गर्दै भन्सार विभागमा धर्ना दिएको छ ।संसदलाई छलेर नियमावलीमार्फत देशको राजस्व व्यक्तिलाई दिने प्रवृत्ति गलत रहेको भन्दै मंगलबार उक्त व्यवस्था खारेजी माग गर्दै धर्ना दिइएको हो ।
डेंगु संक्रमण कम हुँदै
डेंगु संक्रमण कम हुँदै डेंगु भाइरसको संक्रमण कम हुँदै गएको छ । अंग्रेजी महिनामा अगस्त (साउन १६ देखि भदौ १४ गतेसम्म) मा बढेको डेंगु संक्रमण सेप्टेम्बर महिना (भदौ १५ देखि असोज १३ गतेसम्म) मा  घटेको पाइएको हो ।
नयाँ बसपार्कबाट २४ हजार बढी यात्रुले लिए अग्रिम टिकट
नयाँ बसपार्कबाट २४ हजार बढी यात्रुले लिए अग्रिम टिकट काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन् ।सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेखि चाडपर्वलाई लक्ष्य गरी अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।
नेपालगञ्जमा हटाइयो कर्फ्यु र निषेधाज्ञा
नेपालगञ्जमा हटाइयो कर्फ्यु र निषेधाज्ञा नेपालगञ्जमा विगत एक सातादेखि जारी कर्फ्यु र निषेधाज्ञा हटाइएको छ ।
इजरायलमा मृत्यु भएका विद्यार्थीको शव यथाशीघ्र नेपाल ल्याउन संसदीय समितिको निर्देशन
इजरायलमा मृत्यु भएका विद्यार्थीको शव यथाशीघ्र नेपाल ल्याउन संसदीय समितिको निर्देशन अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल–हमास द्वन्द्वमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव यथाशीघ्र नेपाल ल्याउन र द्वन्द्वग्रस्त क्षेत्रका नेपालीको चाँडो उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।मंगलबार बसेको समितिको बैठकले यो दुःखद् क्षणमा समितिले सरकारलाई समर्थन गरेको उल्लेख गर्दै समितिका सभापति राज किशोर यादवले छिटो १०...
इजरायलमा नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री साउदले गरे संसदीय समितिमा ब्रिफिङ
इजरायलमा नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री साउदले गरे संसदीय समितिमा ब्रिफिङ परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपाली विद्यार्थीको अवस्थाबारे  संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा मंगलबार ब्रिफिङ गरेका छन् ।
रुसका २७ ड्रोन खसालेको युक्रेनको दाबी
रुसका २७ ड्रोन खसालेको युक्रेनको दाबी युक्रेनको वायु सेनाले मुलुकको दक्षिणी क्षेत्रमा रातभरमा रुसका ३६ मध्ये २७ ड्रोन खसालेको मंगलबार बताएको छ । युक्रेनी सेनाले दक्षिणी खेर्सान, माइकोलाइभ र ओडेसामा २७ वटा ‘साहेद–१३६/१३१’ ड्रोन खसालेको मेसेज प्लेटफर्म टेलिग्रामलाई बताएको छ ।
Weather Update