इजरायलमा नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री साउदले गरे संसदीय समितिमा ब्रिफिङ

काठमाडौं— परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपाली विद्यार्थीको अवस्थाबारे संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा मंगलबार ब्रिफिङ गरेका छन् ।
उनले त्यहाँ रहेका ५५ जना विद्यार्थीलाई इजरायल सरकारको सहयोगमा सुरक्षित स्थानमा सारिएको समितिलाई जानकारी गराएका छन् ।
बैठकमा उनले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरे ।
इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीको अवस्थाका बारेमा जानकारी गराउँदै उनले संवेदनशील अवस्थामा त्यहाँका भ्रमण नगर्न सरकारको तर्फबाट आग्रह गरेका हुन् ।
उनले भने,‘अवस्था संवेदनशील छ । त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ ।’
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८० १३:११













