News Griha :: न्यूजगृह
बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी थापा पक्राउ 

काठमाडौं—बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी राजु थापालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई बल्खुबाट पक्राउ गरेको हो । उच्च अदालत पाटनले गत असार ३ गते उनलाई बैकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै दुई दिन कैद हुने फैसला गरेको थियो ।

फैसला कार्यन्वयनको लागि  थापालाई काठमाडौं जिल्ला अदालतमा बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 
       
        

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १७:५४
Weather Update