नेपालगञ्जमा हटाइयो कर्फ्यु र निषेधाज्ञा

काठमाडौं— नेपालगञ्जमा विगत एक सातादेखि जारी कर्फ्यु र निषेधाज्ञा हटाइएको छ ।
नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि प्रशासनले कर्फ्यु र निषेधाज्ञा लगाएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले एक सूचना जारी गर्दै मंगलबार बिहान ४ बजेदेखि कर्फ्यु र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको उल्लेख गरेका हुन् ।
गत असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यु लगाइएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८० १३:५३













