प्रधानमन्त्री प्रचण्डसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटबुधबार, असोज २४, २०८०

आफ्ना माग सम्बोधन गर्न बालशिक्षकले गराए इनरुवा नगरको ध्यानाकर्षण बुधबार, असोज २४, २०८० सुनसरीको इनरुवा नगरपालिकाका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) ले आफ्ना पेसागत मागका विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

भित्र्याउने बेलाको जुम्ली मार्सी धानमा ब्लाष्ट रोगको संक्रमण बुधबार, असोज २४, २०८० जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधानबालीमा ब्लाष्ट रोगको संक्रमण देखापरेको छ । भित्र्याउन लागेको याममा रोगले धानबालीलाई सखाप पारेपछि किसान चिन्तित बनेका छन् ।

झापाको सिमसार दलदलमा आधा डुबेको अवस्थामा हात्ती मृत फेला बुधबार, असोज २४, २०८० भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान बयस्क हात्ती मृतावस्थामा फेला परेको छ ।

शैक्षिक गुणस्तर सुधार गर्न खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गरिने बुधबार, असोज २४, २०८० स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने भएको छ ।सामुदायिक विद्यालयमा खस्किँदै गरेको शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि नगरपालिकाले योग्यता र क्षमताका आधारमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरिएको नगरप्रमुख कृष्ण खाणले बताए ।

शिक्षक पेसागत विकास प्रारुप परिमार्जनसम्बन्धी केन्द्रले माग्यो सुझाव बुधबार, असोज २४, २०८० शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक पेसागत विकास प्रारूपको मस्यौदा–२०८० का सम्बन्धमा राय सुझाव तथा पृष्ठपोषण माग गरेको छ ।

चाडबाडमा बढी सवारी चाप हुने पृथ्वी राजमार्गमा सहज यात्राका लागि के गर्दैछ प्रशासन ? बुधबार, असोज २४, २०८० चाडबाडको बेला पृथ्वी राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन जिम्मेवार निकाय एक भएर अघि बढ्ने भएका छन् ।

इजरायलमा सम्पर्कविहीन नेपालीको खोजी गर्न सरकारलाई सभामुखको ध्यानाकर्षण बुधबार, असोज २४, २०८० तिनिधि सभाका सभामुख देवराज घिमिरेले इजरायलमा सम्पर्कविहीन नेपालीको खोजबिनका लागि सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
1678623596.jpg)
बागमती किनारमा युवकको शव फेला बुधबार, असोज २४, २०८० बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका हुन् । घटनास्थलमा प्रहरी वृत्त बानेश्वरको टोली पुगेर अनुसन्धान थालेको छ । उनी लागू औषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरूप पाँच लाख दिने बुधबार, असोज २४, २०८० मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई पाँच लाख राहतस्वरूप दिने भएको छ ।

कोशी र मधेसमा बिहानैदेखि वर्षा, बाँकी प्रदेशमा दिउँसो हल्का वर्षाको सम्भावना बुधबार, असोज २४, २०८० देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहँदा कोशी र मधेस प्रदेशमा बिहानैबाट वर्षा भइरहेको छ । कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम बिहान सामान्यतया सफा रहेको छ ।

इजरायल घटनापछि यूएन महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित मंगलबार, असोज २३, २०८० इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच सुरु भएको तनावका कारण संयुक्त राष्ट्रसङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण स्थगित भएको छ । ‘उहाँको भ्रमण छिट्टै हुनेछ । हाललाई स्थगित भएको छ,’ परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले भनिन् ।

आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई सरकारले वार्तामा बोलायो मंगलबार, असोज २३, २०८० सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई वार्तामा बोलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले, एक विज्ञप्ति जारी गर्दै मागको सम्बोधन छलफलबाट नै हुने भन्दै वार्तामा आउन आग्रह गरेको हो ।









