शिक्षक पेसागत विकास प्रारुप परिमार्जनसम्बन्धी केन्द्रले माग्यो सुझाव

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक पेसागत विकास प्रारूपको मस्यौदा–२०८० का सम्बन्धमा राय सुझाव तथा पृष्ठपोषण माग गरेको छ ।
शिक्षासम्बद्ध सरोकारवालालाई मंगलबार एक पत्र पठाउँदै केन्द्रले सात दिनभित्र राय सुझाव दिन माग गरेको हो ।
केन्द्रले लुम्बिनी, चितवन र काठमाडौंमा शिक्षासम्बद्ध सरोकारवालाको उपस्थितिमा कार्यशाला आयोजना गरी परिमार्जित मस्यौदामाथि छलफल गराई उक्त कार्यशालाबाट प्राप्त राय सुझाव तथा पृष्ठपोषणलाई समेटेर तयार गरिएको शिक्षक पेसागत विकास प्रारूप, २०७२ (परिमार्जित पहिलो संस्करण, २०८०) को मस्यौदालाई पुनः परिमार्जन गर्न राय सुझाव मागेको हो ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८० १०:२६













