News Griha :: न्यूजगृह
कोशी र मधेसमा बिहानैदेखि वर्षा, बाँकी प्रदेशमा दिउँसो हल्का वर्षाको सम्भावना

काठमाडौं— देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ ।

पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहँदा कोशी र मधेस प्रदेशमा बिहानैबाट वर्षा भइरहेको छ । कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम बिहान सामान्यतया सफा रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मेघगर्जनचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ जनाएको छ । कोशी, मधेस, बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जनचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ०६:४०
Weather Update