News Griha :: न्यूजगृह
आफ्ना माग सम्बोधन गर्न बालशिक्षकले गराए इनरुवा नगरको ध्यानाकर्षण

काठमाडौं— सुनसरीको इनरुवा नगरपालिकाका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) ले आफ्ना पेसागत मागका विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

नेपाल राष्ट्रिय प्रारम्भिक बालविकास शिक्षक नगर कार्यसमिति अध्यक्ष सोनु राना मगरले पालिकाको ध्यानाकर्षण गराएकी हुन् ।

बालविकास सहजकर्तालाई राज्यले तोकेको सेवासुविधा दिन आग्रह गर्दै अध्यक्ष रानाले लामो समय विद्यालयमा काम गरेर अवकाशको अवस्थामा पुगेका सहजकर्तालाई पनि उचित आर्थिक प्रबन्ध गरिदिन माग गरेकी छिन् ।

अध्यक्ष राना मगरले बालविकास शिक्षकको सञ्चय कोषको व्यवस्था, गोल्डेनह्याण्डसेकको व्यवस्था, स्थायी प्रक्रियामा लैजाँदा सामान्य प्रक्रिया अपनाई उमेर हदब्नदी नलगाउन र विभिन्न बिदा तथा सञ्चित बिदाको रकम उपलब्ध गराउन माग गरेकी छिन् ।

इनरुवाका बाल शिक्षकले यसअघि पनि उक्त मागका विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १२:२१
Weather Update