News Griha :: न्यूजगृह
बागमती किनारमा युवकको शव फेला

काठमाडौं— नयाँ बानेश्वर स्थित बागमती नदी किनारमा युवकको शव भेटिएको छ ।

बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका हुन् । घटनास्थलमा प्रहरी वृत्त बानेश्वरको टोली पुगेर अनुसन्धान थालेको छ । उनी लागू औषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ०९:०१
Weather Update