शिक्षक महासंघसँगका सहमतिका बुँदा शिक्षा विधेयकको संशोधनमा समावेशबिहीबार, असोज २५, २०८०

क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ हुँदै बिहीबार, असोज २५, २०८० क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतमा आजलाई तोकिएको छ ।
यी क्षेत्रमा कात्तिक ४ गतेसम्म विद्युत् प्रभावित हुने बिहीबार, असोज २५, २०८० नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् प्रभावित हुने जनाएको छ ।

बिहारमा रेल दुर्घटना हुँदा एक बालिकासहित ६ जनाको मृत्यु बिहीबार, असोज २५, २०८० भारतको बिहारमा रेल दुर्घटना हुँदा एक बालिकासहित ६ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा मृत फेला पर्यो गैँडा बिहीबार, असोज २५, २०८० निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिए । उनले भने, 'जुधेर गैँडा मरेको हो ।' चालु आर्थिक वर्षमा पाँच गैँडा मरेका छन् । तीमध्ये एउटा चोरी शिकारीले मरेको आशङ्का गरिएको छ ।

अलपत्र विद्यार्थी लिन परराष्ट्रमन्त्री इजरायल गए, स्वदेश फर्किन इच्छुकलाई दुई दिनभित्र ल्याइने बिहीबार, असोज २५, २०८० नेपाली राजदूत कान्ता रिजालले पहिलो खेपमा कृषि पढ्न गएका विद्यार्थीलाई पठाइने जानकारी दिइन् । इजरायलबाट आफ्नै खर्चमा स्वदेश फर्कने नेपालीको हवाई टिकटको भाडा नेपाल सरकारले फिर्ता दिने निर्णय पनि गरेको छ । हालसम्म ४ सय नेपालीले स्वदेश फर्कन नेपाली दूतावासमा नाम दर्ता गराएका छन् । इजरायलमा हाल केयर गिभरसहित ४...

तोरीपानी क्षेत्रबाट पुनः प्याराग्लाइडिङ सञ्चालनको तयारी बिहीबार, असोज २५, २०८० पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौँदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुङ्गा पुगेकामा पछिल्लो समय पूर्ववत् स्थानबाट नै सञ्चालन गर्न लागिएको हो । पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक हिसाबले मनमोहक र हावापानीका हिसाबले वर्षभरि उड्न मिल्ने हुँदा स्वदेशी एवं विदेशी पर्यटकको रोजाइको विधा बन्दै आएको छ ।

इजरायलमा ‘युद्ध व्यवस्थापन मन्त्रिपरिषद्’ गठन गर्न प्रधानमन्त्री र विपक्षी नेता सहमत बिहीबार, असोज २५, २०८० इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी नेता बेन्नी गान्ट्ज आपतकालीन सरकार गठन गर्न सहमत भएका छन् ।प्रधानमन्त्री नेतान्याहु र विपक्षी नेता बेनी गान्ट्जबीचको वार्तापछि यस्तो निष्कर्ष आएको हो । विपक्षी नेताहरू यायर ल्यापिड र बेन्नी गान्ट्जलाई हमासको अप्रत्याशित आक्रमणपछि शनिबार नेतन्याहुले पहिलोपटक यसका लागि आमन्त्रित गरेका थिए ।

आज विश्व दृष्टि दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदै बिहीबार, असोज २५, २०८० हरेक वर्षको अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवस मनाउने गरिन्छ । आँखा अर्थात् दृष्टि मानिसका लागि निकै महत्वपूर्ण छ । आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ, दृष्टि कसरी गुम्छ भन्नेबारे जानकारी गराउन र सचेतना फैलाउन दृष्टि दिवस मनाइँदै आएको हो ।
-1696254918.jpg)
अख्तियारमा स्थानीय तहका उजुरी धेरै बिहीबार, असोज २५, २०८० आयोगका अनुसार अनुसार गत आवमा चिठीपत्र, इमेल, पत्रपत्रिका, टेलिफोन, फ्याक्सलगायत माध्यमबाट दुई हजार ९६ उजुरी परेकामा एक हजार एक सय ५२ फछर्यौट भएको र बाँकी नौ सय ४४ बाँकी छन् । तीमध्ये पाँचसय ३५ उजुरी चालु आव २०८०/८० मा सरिआएका सबैभन्दा बढी स्थानीय तहका उजुरी परेका छन् ।

डाक्टरमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ बिहीबार, असोज २५, २०८० पक्राउ पर्नेमा खाँदबारी नगरपालिका- १ का २८ वर्षीय विक्रम विश्वकर्मा र २८ वर्षीय आशिष विश्वकर्मा तथा वडा नम्बर ९ का अनिल विश्वकर्मा छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार उनीहरूले मदिरा सेवन गरी बुधबार बिहान १ बजे खाँदबारीस्थित जिल्ला अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई गालीगलौज गरी हातपातको प्रयास...

इजरायलबाट आइपुगिन् साम्बा बिहीबार, असोज २५, २०८० प्यालेस्टाइनी विद्रोही समूह हमासको हमलाका कारण इजरायलमा शनिबारदेखि हिंसाग्रस्त भएपछि त्यहाँका सबै फुटबल गतिविधि स्थगित भएका छन् । इजरायलबाट मंगलबार राति उडेकी उनी थाइल्यान्डको बैंकक हुँदै बुधबार राती स्वदेश आइपुगेकी हुन् । साम्बा रहने क्षेत्र रानानामा तुलनात्मक रुपमा शान्त भए पनि फुटबलका सबै गतिविधि स्थगित भएका छन् ।

यी पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना बिहीबार, असोज २५, २०८० आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।









