-1696254918.jpg)
सुर्खेत— अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कर्णाली प्रदेशले प्रदेश प्रमुख तिलक परियारसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । उक्त प्रतिवेदन चार सय ७४ पृष्ठको छ ।
प्रदेश प्रमुख परियारले मुलुकको सुशासन र विकासका विरुद्ध हुने भ्रष्टाचारजन्य कार्य निवारण तथा न्यूनीकरण आयोगको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरे ।
'अख्तियारले सञ्चालन हुने गतिविधिसहित कार्यसम्पादनले प्रभावकारिता कायम गरोस्,' उनले भने, 'गलत नियत राख्ने निरुत्साहित बनून् जसबाट नागरिकलाई सुशासनको प्रत्याभूति दिलाओस् ।'
आयोगका अनुसार अनुसार गत आवमा चिठीपत्र, इमेल, पत्रपत्रिका, टेलिफोन, फ्याक्सलगायत माध्यमबाट दुई हजार ९६ उजुरी परेकामा एक हजार एक सय ५२ फछर्यौट भएको र बाँकी नौ सय ४४ बाँकी छन् । तीमध्ये पाँचसय ३५ उजुरी चालु आव २०८०/८० मा सरिआएका सबैभन्दा बढी स्थानीय तहका उजुरी परेका छन् ।
सार्वजनिक खरिद प्रणालीमा सुधार आउनुपर्ने, प्रतिवेदनमार्फत उच्च पदस्थ कर्मचारीले सदाचारिता अपनाउनुपर्ने, उपभोक्ताबाट निर्माण हुने कार्यलाई व्यवस्थित गरिनुपर्ने, परामर्शदातालाई जिम्मेवार बनाउनुपर्ने सहितका सुझाव कार्यक्रमका सहभागीले राखेका थिए ।













