News Griha :: न्यूजगृह
बिहारमा रेल दुर्घटना हुँदा एक बालिकासहित ६ जनाको मृत्यु

काठमाडौं— भारतको बिहारमा रेल दुर्घटना हुँदा एक बालिकासहित ६ जनाको मृत्यु भएको छ भने  १०० जना घाइते भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार राति भएको दुर्घटनामा रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् ।

दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९:५३ बजे दुर्घटना भएको थियो ।

बिहार प्रहरीका अनुसार घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूको अस्पतालमा उपचार जारी छ ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०९:३२
Weather Update