News Griha :: न्यूजगृह
चितवन राष्ट्रिय निकुञ्जमा मृत फेला पर्‍यो गैँडा

चितवन— चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरिया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिए । उनले भने, 'जुधेर गैँडा मरेको हो ।' चालु आर्थिक वर्षमा पाँच गैँडा मरेका छन् । तीमध्ये एउटा चोरी शिकारीले मरेको आशङ्का गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०९:२१
Weather Update