क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतमा आजलाई तोकिएको छ ।
सर्वोच्च अदालतले उक्त मुद्दाको चाँडो फैसला गर्न गत फागुनमै आदेश दिए पनि ढिलाइ हुँदै आएको छ ।
उक्त आदेश दिएको ७ महिना पूरा हुँदा पनि जिल्ला अदालतले अन्तिम फैसला सुनाउन सकेको छैन ।
सन्दीपविरुद्ध गत वर्षको भदौमा गौशला २६ ले मुद्दा हालेकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८० १०:१३













