News Griha :: न्यूजगृह
आज विश्व दृष्टि दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदै
rsbc

काठमाडौं—  आज विश्व दृष्टि दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साग यो दिवस मनाइँदै छ ।

हरेक वर्षको अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवस मनाउने गरिन्छ । आँखा अर्थात् दृष्टि मानिसका लागि निकै महत्वपूर्ण छ । आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ, दृष्टि कसरी गुम्छ भन्नेबारे जानकारी गराउन र सचेतना फैलाउन दृष्टि दिवस मनाइँदै आएको हो ।

विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी (आईएपीबी) ले संयुक्त रूपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई न्यूनीकरण गर्न  प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रूपमा मनाउने निर्णय भएको थियो । 

नेपाल पनि अन्धोपन निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको छाता संगठन (आईएपीबी) को एक सदस्य राष्ट्र हो ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०७:१६
Weather Update