
काठमाडौं— नेपाली राष्ट्रिय फुटबल टोलीको फरवार्ड सावित्रा भण्डारी स्वदेश फर्किएकी छन् ।
इजरायलमा व्यवसायिक फुटबल खेल्दै आएकी उनी बुधबार स्वदेश फर्किएकी हुन् । प्यालेस्टाइनी विद्रोही समूह हमासको हमलाका कारण इजरायलमा शनिबारदेखि हिंसाग्रस्त भएपछि त्यहाँका सबै फुटबल गतिविधि स्थगित भएका छन् ।
इजरायलबाट मंगलबार राति उडेकी उनी थाइल्यान्डको बैंकक हुँदै बुधबार राती स्वदेश आइपुगेकी हुन् । साम्बा रहने क्षेत्र रानानामा तुलनात्मक रुपमा शान्त भए पनि फुटबलका सबै गतिविधि स्थगित भएका छन् ।
साम्बा वुमन्स लिग क्लब हापोयल रानानामा आवद्ध छिन् । चीनमा भएको १९ औं एसियाली खेलकुद एसियाडमा भाग लिएर स्वदेश फर्केलगत्तै साम्बा इजरायल गएकी थिइन् ।
यूईएफएले विज्ञप्ति जारी गर्दै इजरायलको वर्तमान सुरक्षालाई ध्यानमा राख्दै दुई साताका लागि इजरायलमा निर्धारित सबै खेलहरू स्थगित गर्ने जानकारी गराएको थियो ।