News Griha :: न्यूजगृह
यी क्षेत्रमा कात्तिक ४ गतेसम्म विद्युत् प्रभावित हुने

काठमाडौं— नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा कात्तिक ४ गतेसम्म विद्युत् प्रभावित हुने जनाएको छ ।

प्राधिकरणको काठमाडौं ग्रिड महाशाखाअन्तर्गत लैनचौरस्थित ६६ र ११ के‍.भी.सबस्टेसन स्तरोन्नति भइरहेकाले कात्तिक ४ गतेसम्म उक्त सबस्टेशनबाट आपूर्ति भइरहेका स्थानसहित अन्य क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणकाे भनाइ छ ।

उक्त सबस्टेसनबाट सञ्चालित सामाखुसी, ठमेल, किंग्सवे, लाजिम्पाट र पानीपोखरी क्षेत्रमा विद्युत आपूर्ति गर्न प्राधिकरणले भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्रपाटी, असन, महाबौद्ध, न्युरोड, पुतलीसडक, गोंगबु, रानीबारी र बालुवाटार क्षेत्रबाट वैकल्पिक व्यवस्था गरेको छ ।

साेही कारण यी क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०९:५८
Weather Update