News Griha :: न्यूजगृह
डाक्टरमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ

सङ्खुवासभा— ड्युटीमा रहेका डाक्टर र स्वास्थ्यकर्मीलाई गालीगलौज र हातपातको प्रयास गरेको आरोपमा सङ्खुवासभा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खाँदबारी नगरपालिका- १ का २८ वर्षीय विक्रम विश्वकर्मा र २८ वर्षीय आशिष विश्वकर्मा तथा वडा नम्बर ९ का अनिल विश्वकर्मा छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार उनीहरूले मदिरा सेवन गरी बुधबार बिहान १ बजे खाँदबारीस्थित जिल्ला अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई गालीगलौज गरी हातपातको प्रयास गरेका थिए ।

पक्राउ परेका तीनै जनाविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ०६:४३
Weather Update