News Griha :: न्यूजगृह
आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई सरकारले वार्तामा बोलायो

काठमाडौं— सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई वार्तामा बोलाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले, एक विज्ञप्ति जारी गर्दै मागको सम्बोधन छलफलबाट नै हुने भन्दै वार्तामा आउन आग्रह गरेको हो । 

वार्ताबाटै समस्याको समाधान हुने प्रतिवद्धतासहित कर्मचारीलाई काममा फर्कन समेत सरकारले आग्रह गरेको छ ।
मन्त्रालयले स्थानीय तहका कर्मचारीका मागका सम्बन्धमा छलफल गरी उपयुक्त निकास निकाल्न सकारात्मक रहेको बताउँदै वार्तामा आउन आह्वान गरेको हो ।

असोज १५ देखि सडक आन्दोलन थालेका स्थानीय तहका कर्मचारीले असोज १९ देखि नियमित कामकाज समेत रोक्दै आएका छन् ।कर्मचारी केन्द्रीय संघर्ष समिति र स्थानीय तह कर्मचारी संयुक्त माग कार्यान्वयन परिचालन समितिले दैनिक काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्म नियमित प्रदर्शनसमेत गर्दै आएको छ ।

देशभरका स्थानीय तहमा करिब ६३ हजार दरबन्दी छ । दरबन्दीअनुसार कर्मचारी पदपूर्ति भएको छैन । तर ठूलो सङ्ख्याका कर्मचारीले वडास्तरसम्म काम रोक्दा स्थानीय सरकारको सेवा प्रवाह प्रभावित छ ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १९:२५
Weather Update