News Griha :: न्यूजगृह
टेलिभिजनभित्र लुकाएर सुन ल्याउने एक जना पक्राउ

काठमाडौं— टेलिभिजनभित्र सुन लुकाएर ल्याउने एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

मलेसियाबाट काठमाडौं आएका सिन्धुली घर भएका नवराज धामी ५१० ग्राम अवैध सुनसहित पक्राउ परेका हुन् । सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सुरक्षा जाँचका क्रममा उनी पक्राउ परेका हुन् ।

धामीमाथि अनुसन्धान जारी रहेको भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १८:३९
Weather Update