News Griha :: न्यूजगृह
बङ्करमा लुकेका नेपाली विद्यार्थीलाई इजरायली सेनाले लैजाँदैछ सुरक्षित स्थलमा

काठमाडौं— हमासको आक्रमणपछि इजरायलमा अलपत्र विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्न थालिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थी लुईस रिजालले फेसबुकमा एउटा भिडिओ पोष्ट गर्दै आफूहरूको उद्धारका लागि सेनाको टोली आइपुगेको जानकारी दिएका हुन् ।

‘हामी यहाँबाट सुरक्षित ठाउँमा खाँदैछौं। नेपाल सरकारले रेस्क्यु गरे हामीलाई राम्रो हुन्थ्यो,’ रिजालले भनेका छन्, ‘यहाँ अरु देशले आक्रमण गर्दैछ भन्ने हामीले सुनेका छौं।’ उनले भिडिओमा भनेका छन् ।

केहीलाई आर्मीले उद्धार गरेर लगिसकेको र भने केहीको आधा घन्टामै उद्धार हुने उनको भनाई छ । टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थीहरू गत भदौ २९ गते अध्ययनका लागि त्यसतर्फ गएका थिए ।

तीमध्ये १० जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका ४ जनाको अस्पतालमा उपचार भइरहेको छ भने १ जना अझै सम्पर्क विहीन छन्।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १८:०९
Weather Update