राष्ट्रिय सभा बैठक सर्यो

काठमाडौं— राष्ट्रिय सभाको बैठक सरेको छ ।
मंगलबार बिहान ११:०१ बजे बस्ने गरी डाकिएको बैठक सरकारले इजरायल–हमास द्वन्द्वमा परी मृत्यु भएका १० जना नेपालीको सम्मानमा गरेको राष्ट्रिय शोकका कारण बैठक सारिएको संघीय संसद सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभाको अर्को बैठक असोज २६ गते शुक्रबार बिहान ११:३१ बजे बस्ने संघीय संसदका महाससचिव डा. भरतराज गौतमले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८० ११:२३













