रसुवामा आलु बोकेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु‚ ५ घाइते

रसुवा— रसुवाको आमाछोरिङ्मोगाउँपालिका–२ नेसिङ खोलामा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
नेसिङबाट आलु बोकेर ग्रेतर्फ जाँदै गरेको बा ५ ख ५७८ नम्बरको गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थल मै मृत्यु भएको हो ।
मृत्यु हुनेमा आमाछोरिङ्मो-२ का अन्दाजी ३० वर्षीय फुर्पाछोवाङ‚ ४० वर्षीया पेम्बा डोल्मा तामाङ र अन्दाजी ३० वर्षीय अक्कलबहादुर तामाङ रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।
गाडी सडकबाट करिब २ सय मिटर तल खसेको बुढाथोकीले बताए । उनका अनुसार घाइतेलाई थप उपचारका लागि सदरमुकाम ल्याइँदै छ ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८० २०:४७













