सुदूरपश्चिम विश्वविद्यालयमा आज शोक बिदा

काठमाडौं— सुदूरपश्चिम विश्वविद्यालयले आज शोक बिदा दिएको छ ।
इजरायलमा हमासको आक्रमणबाट मारिएका विद्यार्थीलाई श्रद्धाञ्जली अर्पण गर्दै विश्वविद्यालयले शोक बिदा दिएको हो । प्यालेस्टाइनको हमास समूहको आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० विद्यार्थी गत शनिबार मारिएका थिए ।
एग्रिकल्चर अध्ययन गर्ने विद्यार्थीहरू दक्षिण इजरायलको किवुज अलमुम भन्ने ठाउँमा कार्यरत थिए । हमासको आक्रमणबाट केही विद्यार्थी घाइते भएका छन् । उनीहरूको उद्धार गरी नेपाल ल्याउने पहल सुरु भएको छ । त्यस्तै, मृतकको शव पनि नेपाल ल्याउने तयारी भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८० ०८:१२













