News Griha :: न्यूजगृह
बसपार्कमा अग्रिम टिकट लिनेको भीड

काठमाडौं— दसैँका लागि आज सोमबारदेखि अग्रिम बस टिकट खुलेसँगै गोगंबुस्थित नयाँ बसपार्कमा टिकट लिनेहरूको भीड लागेको छ ।

यातायात व्यवसायीको सहमतिमा सरकारले दसैँ सुरु हुनुभन्दा हप्ता दिनअघि अर्थात् आजबाट अग्रिम बस टिकट खुलाएको हो ।

टिकट खुलेसँगै बसपार्कमा बिहानैदेखि सर्वसाधारणको भीड लागेको प्रहरीले जनाएको छ ।

अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ११:३७
Weather Update