जनकपुरको बिग मार्टमा आगलागी हुँदा १० करोडको क्षति

काठमाडौं— जनकपुरस्थित एक बिग मार्टमा गएराति आगलागी हुँदा १० करोडको क्षति भएको छ ।
जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे आगो लागेको हो ।
आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ ।
जनकपुरधाम उपमहानगरपालिकालगायत अन्य पालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, स्थानीयलगायतको सहयोगमा बिहान मात्रै आगो नियन्त्रण आएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८० १२:१३













