संसदमा शिक्षा विधेयक निर्णयार्थ प्रस्तुत गरिँदै

काठमाडौं— प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ‘विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस्’ प्रस्तावलाई संसदमा निर्णयार्थ प्रस्तुत गर्ने भएका छन् ।
आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधेयकमाथि सांसदले उठाएका प्रश्नको उत्तर दिएपछि सभामुखले विधेयक निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
शुक्रबार संसद् बैठकमा अधिकांश सांसदले नेपाल शिक्षक महासंघ र शिक्षक कर्मचारीबीच भएका सहमति कार्यान्वयनको ग्यारेन्टीसहित विधेयक पुनर्लेखन गर्नुपर्ने बताएका थिए ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८० ०९:४५













