अफगानिस्तानमा गएको भूकम्पमा परी १२० जनाको मृत्यु

काठमाडौं— पश्चिमी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी १२० जनाको मृत्यु भएको छ ।
पश्चिमी सहर हेरात बाट ४० किलोमिटर टाढा ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी १ हजार घाइते भएका छन भने कम्तिमा १२० जनाको मृत्यु भएको आकलन गरिएको छ ।
धेरै भवनहरू क्षतिग्रस्त भएका छन्, मानिसहरू भग्नावशेषमा फसेका छन् । त्यहाँ तीनवटा शक्तिशाली परकम्प महसुस गरिएको थियो । अफिसका भवनहरू पहिले हल्लिए र त्यसपछि तिनीहरूको वरिपरि ढलेका थिए । भुकम्पले पुर्याएको क्षति बारेमा विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८० ०८:३२













