News Griha :: न्यूजगृह
दसैँका लागि नयाँ नोट सटही असोज २९ बाट

काठमाडौं— नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँ र तिहारमा नयाँ नोट सटही सुविधा दिने तयारी गरेको छ ।

राष्ट्र बैंकका अनुसार दसैँका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि हुने भएको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा हुनेछ ।

राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा पाइनेछ । 

बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरेको छ । 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०९:०६
Weather Update