News Griha :: न्यूजगृह
सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व
पृथ्वीराजमार्ग । फाइल तस्बिर

तनहुँ— म्याग्दे गाउँपालिका–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व भएको छ ।

पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिएका छन् ।

सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको छ । 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०८:१९
Weather Update