संसद भवनभित्र शिक्षा विधेयकमाथि छलफल, बाहिर समाजवादी विद्यार्थी युनियनका अध्यक्ष चापागाँईको खबरदारी

काठमाडौं— संघीय संसदमा विद्यालय शिक्षा विधेयक—२०८० माथि छलफल भइरहँदा संसद् भवन बाहिर नयाँ बानेश्वरमा नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाँई भने उभिएर खबरदारी जनाइरहेका छन् ।
संघीय शिक्षा ऐन आम नागरिकका लागि भन्दा पनि शैक्षिक व्यापारीका लागि ल्याउन लागिएको भन्दै अध्यक्ष चापागाँईले खबरदारी गरेका हुन् ।
अध्यक्ष चापागाईंले शिक्षा ऐन ल्याउने प्रयत्नलाई युनियनले सकारात्मक रुपमा लिएको बताउँदै विधेयकका व्यवस्था सच्चाएर मात्रै पारित गर्न खबरदारी गरेका छन् ।
युनियनले शिक्षा क्षेत्रको समस्या हल गर्न २०७५ सालमा बनेको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनकाे आधारमा नयाँ शिक्षा ऐन ल्याउनुपर्ने बताएको छ ।
विधेयकमाथि सांसदले उठाएका प्रश्नको उत्तर शिक्षामन्त्री अशोक राईले दिएपछि सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।



प्रकाशित मिति: आइतबार, असोज २१, २०८० १३:०५













