News Griha :: न्यूजगृह
पूर्व आईजीपी खनालको दाबी— राजनीतिक संरक्षण मै अपराध बढ्यो

काठमाडौं— पूर्व प्रहरी प्रमुख (आईजीपी) तथा नेकपा एमाले नेता सर्वेन्द्र खनालले राजनीतिक संरक्षणकै कारण आपराधिक क्रियाकलाप बढेको ठोकुवा गरेका छन् ।

राजनीतिक संरक्षणमा हुने आपराधिक क्रियाकलापका कारण देशमा शान्ति सुरक्षाको अवस्था जर्जर अवस्थामा पुगेको र समाजमा अपराधले राजनीतिलाई चलाउने गरेको सन्देश गएको उनले दाबी गरे  ।

शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग उनले जन्मकैद पाएका व्यक्तिलाई सरकारले दिएको आममाफी, ठूला भ्रष्टाचार काण्डमा सरकार पक्षको संलग्नता र ढाकछोप जस्ता विषयले अपराधीले राजनीतिलाई चलाउने सन्देश समाजमा गइरहेको बताए ।  

उनले आफ्नो कार्यकालमा रेशम चौधरीलाई छोड्न दबाब आएपनि नछोडेको स्पष्ट पार्दै भने, ‘सरकारमा गठजोड मिलाउन पर्यो, अङ्क मिलाउन पर्यो भनेर अपराधीलाई छोड्ने गर्न त भएन नि । प्रहरीले अनेक गरेर समातेर सर्वोच्च अदालतमासमेत फैसला आएको कुरालाई अपराधीलाई छोड्दै जाने ? के का आधारमा भन्दा जतिखेर उहाँहरूलाई चाहिन्छ आवश्यकता पर्छ त्यतिखेर अपराधी छोड्दिने ?’

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १७:३६
Weather Update