News Griha :: न्यूजगृह
शिक्षकका सेवासुविधा र मनोबलमा वृद्धि होस् : जनमत

काठमाडौं— डा.चन्द्रकान्त राउत (सीके) नेतृत्वको जनमत पार्टीले शिक्षकको सेवासुविधा र मनोबलमा वृद्धि हुनेगरी शिक्षा ऐन आउनुपर्ने बताएको छ । विद्यालय शिक्षा विधेयक २०८० माथि संसदमा छलफल भइरहँदा जनमतले  सो कुरा बताएका हुन् ।

जनमतले नेपाल शिक्षक महासंघ र सरकारबीच भएका सम्झौतामा एउटा पनि बुँदा विद्यार्थी र अभिभावकको हितमा नभएको बताएको छ ।

जनमतले शनिबार सामाजिक सञ्जालमा भनेको छ,‘शिक्षकहरूले आन्दोलन गरे । हाम्रो पनि साथ समर्थन रह्यो । नेपाल शिक्षक महासंघ र नेपाल सरकारले सम्झौता गर्यो, ६ खण्डमा त्यहाँ ३२ बूँदाहरू छन् । त्यसमा एउटा मात्रै बूँदा पनि विद्यार्थी र अभिभावकको हितको देखाउनुस्, एउटा मात्रै बूँदा पनि सुलभ र गुणस्तरीय शिक्षाको लागि देखाउनुस् । एक शब्द छैन । शिक्षाको सरोकार शिक्षक र सरकारलाई हुने कि नहुने ? (हामी चाहन्छौं शिक्षकहरूको माग पूरा होस्, शिक्षकहरूको सेवासुविधा र मनोबलमा वृद्धि होस् । तर त्यसका साथै विद्यार्थीले पाउने शिक्षाको गुणस्तरीयता र सुलभता पनि सुनिश्चित् हुनुपर्छ ।)’  

साथै सो पार्टीका अध्यक्ष राउतले शिक्षा विधेयक संघीयता विरोधी भएको पनि बताएका छन् ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १२:२५
Weather Update