News Griha :: न्यूजगृह
२४ करोड रुपैयाँ बराबरको सट्टेबाजी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं— काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइनमार्फत २४ करोड १५ लाख रुपैयाँ बराबरको सट्टेबाजी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका १२ का वर्ष ३० का पिन्टुकुमार साह छन् ।  कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार साहलाई जुवा वा सट्टाबाजी गरेको कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।

उनले वेटिङ गराउने एप तथा वेबसाइटको माध्यमबाट जुवा तथा सट्टाबाजी जस्ता खेल खेलाएर २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँ बराबरको कारोबार गरेको दाबी प्रहरीको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १७:५०
Weather Update