शिक्षकसँग भएका सम्झौता शिक्षा ऐनमा आउनुपर्छ : सांसद शर्मा

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले शिक्षकसँग गरिएका सम्झौतालाई शिक्षा विधेयकको अङ्ग बनाउन आग्रह गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा ऐन, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै उनले अहिलेको सरकारले कैयौं निर्णयमा कमजोरी गर्दै आइरहेको भन्दै शिक्षा विधेयक निर्णयमा कमजोरी नगर्न आग्रह गरे ।
सांसद शर्माले शिक्षकको आन्दोलनका क्रममा भएका सम्झौतालाई संशोधनको अङ्ग बनाई परिमार्जित गरेर अगाडि बढ्न सुझाव दिए ।
उनले भने, ‘सरकार कैयौं निर्णयमा कमजोरी जो गरिरहेको छ । यो निर्णयमा कमजोरी र गल्ती नगरोस् । शिक्षकले गरेको आन्दोलनका क्रममा भएका सम्झौतालाई संशोधनको अङ्ग बनाइराखेर परिमार्जित गरेर अगाडि बढोस् । ऐनमा आओस् ।’
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८० १७:२१













