News Griha :: न्यूजगृह
सीके राउन भन्छन्— शिक्षा विधेयक संघीयता विरोधी

काठमाडौं— जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले विद्यालय शिक्षा विधेयक संघीयता विरोधी भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा शिक्षा ऐन, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै उनले शिक्षा, निजामती सेवा स्थानीय तहमा भइरहेको अवस्थामा माध्यमिक शिक्षा बोर्डलाई केन्द्र वा संघमा राख्न नहुने बताए ।

अध्यक्ष राउतले भने,‘यो विधेयक संघीयता विरोधी देखिएको छ । जब लोकसेवा आयोग पनि प्रदेशमा छ । निजामती सेवा स्थानीय तहमा भइरहेको अवस्था छ । यस्तो अवस्थामा माध्यमिक शिक्षा बोर्डलाई केन्द्र वा संघमा राख्नु हुँदैन । कमसेकम प्रदेशसम्म राख्नुपर्छ त्यस्तै खालको जिल्ला शिक्षा कार्यालय ल्याउनु भनेको संघले नियन्त्रण गर्न खोजेको संघीयता विरोधी गतिविधिका रूपमा देखियो । त्यसलाई पनि खारेज गरेर गर्नुपर्छ अगाडि बढ्नुपर्छ ।’

शिक्षकबाट विद्यार्थीले राम्रो शिक्षा पाइराखेका छन् भन्ने पुष्टि गर्न वार्षिक रूपमा मूल्याङ्कन गर्न सक्नुपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १४:५६
Weather Update