बझाङ भूकम्प पीडितलाई घर बनाइदिने प्रधानमन्त्रीको आश्वासन

बझाङ— नेपाली सेनाको हेलिकप्टर चढेर शुक्रबार बझाङ आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प पीडितको घर बनाइदिने आश्वानसन दिएका छन् ।
उनले भोपुर र बझाङ सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेका छन् । प्रधानमन्त्रीसँग भूकम्प पीडिले आफ्ना समस्या सुनाएका थिए ।
समस्या सुनेपछि प्रधानमन्त्रीले चाँडै घर बनाइदिने आश्वासन दिए । प्रधानमन्त्रीले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गरेसँगै पीडितलाई राहत पुर्याउन स्थानीय निकायलाई आवश्यक निर्देशनसमेत दिएका छन् ।
यही असोज १६ गते बझाङमा ६.३ म्याग्नीच्युडको भूकम्प र त्यसपछि परकम्प गएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८० १५:३९













