News Griha :: न्यूजगृह
मावि लाईसेन्सको नतिजा नयाँ तरिकाले हेर्न सकिने 

काठमाडौं— शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाईसेन्स) को नतिजा नयाँ तरिकाले हेर्न सक्ने बनाएको छ ।

आयोगले मोबाइलको मेसेज बक्समा गई टीएसएलसी स्पेस ११ डिजिट रोल नं गरेर ३१००७ मा एसएमएस गरी हेर्न सक्ने बनाएको हो ।

आयोगले २०८० वैशाख  १ गते गरेको लाईसेन्सको विज्ञापनको नतिजा एसएमएसबाट समेत गर्ने भएको हो ।

आयोगले गत भदौ २३ गते परीक्षा लिएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १७:४३
Weather Update