News Griha :: न्यूजगृह
सहमति कार्यान्वयन गराउन ईसीडी शिक्षकको दौडधुप

काठमाडौं— प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र सरकारबीच भएको सहमति कार्यान्वयन गराउन नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समितिले दौडधुप गरेको छ ।

सरकार र ईसीडी शिक्षकबीच दरबन्दी कायक, एकद्वार प्रणालीबाट तलब, ईसीडीलाई विद्यालय संरचनाभित्र राख्नुपर्ने, गोल्डेनह्याण्डसेकलगायतका सहमति भएको छ ।

अध्यक्ष कृष्ण कुमारी थापा नेतृत्वको समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायत शीर्ष दलका नेता तथा सांसदलाई सहमति कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको छ । 

केन्द्रीय समितिले सबै सांसद तथा नेतालाई ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेको छ  ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०९:५०
Weather Update