News Griha :: न्यूजगृह
बझाङ भूकम्प पीडितलाई राहत दिन प्रधानमन्त्रीको निर्देशन 

काठमाडौं— प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङ भूकम्प पीडितलाई राहत निर्देशन दिएका छन् ।  

सिंहदरबारमा बिहीबार बिहान भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकमा प्रधानमन्त्रीले प्रभावित नागरिकलाई राहत दिन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनर्स्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिने प्रतबद्धतासमेत व्यक्त गरेका छन् ।

बझाङमा गत मंगलबार दिउँसो भूकम्प गएको थियो । भूकम्पबाट एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १०:१३
Weather Update