News Griha :: न्यूजगृह
सिक्किम बाढी अपडेट : १४ जनाको मृत्यु ,१ सय २० भन्दा बढि बेपत्ता 

काठमाडौं—  सिक्किममा आएको बाढीमा १४ को ज्यान गएको छ भने १ सय २० जना भन्दा बढि बेपत्ता भएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार सरकारी अधिकारीहरूले अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने १ सय २० जना बेपत्ता छन् । जसमध्ये २३ भारतीय सेनाका सैनिक छन्

बुधबार बिहान परेको भारी वर्षापछि भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन भ्यालीमा एक्कासि बाढी आएको थियो । लगातारको वर्षाका कारण उद्धार कार्यमा धेरै समस्या भइरहेको छ । बाढी र हिलोका कारण आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०८:२३
Weather Update