News Griha :: न्यूजगृह
श्रीमानको हत्या गर्नेलाई सरकारले आममाफी दिएको विरोधमा भारतीले सुरु गरिन् अनशन
फाइल तस्बिर

काठमाडौं— सरकारले आफ्ना श्रीमानको हत्यारा योगराज ढकाल रिगललाई संविधान दिनवसको अवसरमा आममाफी दिएको विरोधमा भारती मानन्धरले काठमाडौंको माइतीघर मण्डलामा अनशन सुरु गरेकी छिन् ।

भारतीले श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा  जेल परेका रिगललाई आममाफी दिएको भन्दै अनशन सुरु गरेकी हुन् । गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए ।

श्रीमानको हत्या गर्नेलाई पुनः जेलमा पठाउनुपर्ने भारतीको माग छ । आठ वर्ष भइसक्दा पनि अझै उक्त घटनाबाट बाहिर निस्कन नसकेको अवस्थामा आममाफीले झनै पीडा दिएको उनले बताइन् ।

रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आबद्ध थिए । हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १२:०९
Weather Update