News Griha :: न्यूजगृह
दिनदहाडै खुँडा हानेर युवकको हत्या गर्ने गुण्डालाई आममाफी दिइएकोमा ओली उठाए प्रश्न

काठमाडौं— प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति प्रश्न उठाएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद माफी गरिदिएका थिए ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले सो माफीको सम्बन्धमा प्रश्न उठाएका हुन् ।

उनले भने, ‘एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ । नेपालगञ्ज आतंकित छ । पीडित परिवार आतंकित छ । यस्ता मान्छे छानीछानी किन पुरस्कृत गरिन्छ ? किन सम्मानित गरिन्छ ।’

 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:१३
Weather Update