
काठमाडौं— सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) का मागमा वर्षौंपछि सरकारले सहमति जनायो । जसका लागि ईसीडी शिक्षक सडकमा आउनुपर्यो ।
नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समिति अध्यक्ष कृष्ण कुमारी थापा मगरको नेतृत्वले कहिले नेपाल शिक्षक महासंघ त कहिले राहत शिक्षकसँग मिलेर आन्दोलन गर्यो ।
ईसीडी शिक्षकको नेतृत्वले आम ईसीडी शिक्षकका माग सम्बोधन गराउन गरेको भूमिकालाई ईसीडी शिक्षकले प्रशंसा नै गरेका छन् ।
तर उनीहरु सहमति कार्यान्वयन हुनेमा भने ढुक्क छैनन् । किनकी सरकारले पटक–पटक शिक्षकसँग गरेका सहमति कार्यान्वयन भएको देखिन्न । तर ईसीडी शिक्षकको नेतृत्वले सहमति कार्यान्वयनका लागि दबाब दिन भने छोडेको छैन । उनीहरुले विभिन्न नेता तथा सांसदलाई ध्यानाकर्षण गराएका छन् सहमति कार्यान्वयनका निम्ति ।
के भन्छन् ईसीडी शिक्षक ? केही प्रतिनिधि भनाइ यस्ता छन्
डम्बरा कुँवरले सहमति कार्यान्वयन हुनेमा आशा छ भरोसा छैन भनिन् ।
निर्मला श्रेष्ठले सहमति कार्यान्वनयन नभए पुनः आन्दोलनको विकल्प नरहेको बताइन् ।
सीता विष्टले सहमति कार्यान्वयन हुनेमा आशा जगाउँदै सकारात्क सोच राख्नुपर्ने बताइन् ।
ईश्वरा थापाले पनि सहमति कार्यान्वयन नभए पुनः आन्दोलन गर्नुपर्ने धारणा राखिन् ।
त्यसैगरी शोभा अर्यालले कार्यान्वन हुनैपर्ने बताइन् । उनी भन्छिन्, ‘हुनैपर्छ नि । यदि अहिले यतिसम्म गरेर पनि सहमति गरेन भने सबै बालविकास शिक्षक कोहीकसैले पनि १५ हजारको लोभ र आश नगरिकन एकमुष्ट २०÷२५ औँ वर्षको क्षतिपूर्ति लिगेर राजीनाम लिन चाहन्छन् र लिनुपर्ने नै पर्ने पनि देखिन्छ । यो कुरा सबै बालविकास शिक्षक साथीहरूले बुझ्नुहोला ।’
सावित्री चौधरीले ‘सरकारलाई फेरि आन्दोलन चाहिएको हो भन्ने सहमति लागु गर्दैन् । होइन भने कार्यान्वयन गर्छ’ भनिन् ।
सामाजिक सञ्जालका माध्यमबाट आम ईसीडी शिक्षकका धारणा बुझ्दा सरकारले सहमति कार्यान्वयन नगरे पुनःआन्दोलन गर्ने आशय व्यक्त भएकाे छ ।
ईसीडी शिक्षक र सरकारबीच दरबन्दी कायक, एकद्वार प्रणालीबाट तलब, ईसीडीलाई विद्यालय संरचनाभित्र राख्नुपर्नेलगायतका सहमति भएको छ ।













