मलद्वारमा लुकाएर लागूऔषध ओसारपसार गर्ने ५ जना पक्राउ

उदयपुर— मलद्वारमा लुकाए लागूऔषध ओसारपसार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चौदण्डीगढी नगरपालिका-६बेलटारबाट सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार चौदण्डीगढी नरपालिका-६ का विनोद राई, विदुर राई, विशाल राई, मनोज राई र प्रवेश चौहान पक्राउ परेका छन् ।
चौदण्डीगढी अस्पतालमा भिडिओ एक्सरे गर्दा उनीहरूले मलद्वारमा लुकाएर लागूऔषध ल्याएको देखिएको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट नियन्त्रित लागूऔषध फेनारागन १४ एम्पुल,लुपिजेसिक ६ एम्पुल,डाइजेपाम ६ एम्पुल, लेबल नभएको ९ एम्पुल गरी ३५ एम्पुल बरामद भएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८० ०७:२८