
काठमाडौं— सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कम्पनीले गरेका काममा सार्वजनिक निकायबाट लिखित रूपमा गुनासो आएपछि प्रधानमन्त्री कार्यालय मातहतको खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो ।
कार्यालयले ती कम्पनीलाई ३देखि एक वर्षसम्म नयाँ ठेक्का लिन नपाउने गरी कालोसूचीमा राखिएको जनाएको छ ।
एम.एस, शकिल हैदरको शंकरमाली निर्माण सेवा–सुनौला खिम्ती कन्स्ट्रक्सन जेभी ३ वर्षका लागि परेको छ ।
एम.एस चिपेल हैदरावाद,भारतलाई पनि ३ वर्षलाई कालोसूचीमा राखेको छ । यसको मुख्यव्यक्ति शारदा अधिकारी र प्रवेज खान रहेको खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ ।
सफबन वाटर सर्भिस, आइएसजी इन्फरर्मेसन सर्भिसेनज ग्रुप, अरभान कन्स्ट्रक्सनलाई पनि ३–३ वर्ष कालोसूचीमा राखिएको छ ।
शिवालय बिल्डर्स, स्काईरवाइवा एण्ड लामा/जानकी जेभी, नागार्जुन–शंकरमाली जेभीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
यस्तो छ सूची














