नेपालगञ्जमा किन लगाइयो अनिश्चितकालीन कर्फ्यु ?

बाँके— जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी बीपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लाग हुने गरी कर्फ्यु लगाइएको जानकारी दिए ।
नेपालगञ्जमा केही दिनदेखि हिन्दु र मुस्लिम समुदायका मानिसले धार्मिक द्वन्द्व निम्त्याउने प्रयास गरेको र त्यसलाई ध्यानमा राख्दै कर्फ्यु लगाइएको प्रशासनको भनाइ छ ।
नेपालगञ्जमा आज बृहत् सद्भाव पदयात्रा आयोजना पनि गरिएको छ ।
सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितमा पदयात्रा निकालिएको हो ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८० १३:२४













