News Griha :: न्यूजगृह
पाँचखालमा एक शिक्षक बराबर दुई विद्यार्थी, विद्यालय मर्जको तयारी
पाँचखालमा एक शिक्षक बराबर दुई विद्यार्थी, विद्यालय मर्जको तयारी काभ्रेपलाञ्चोकको पाँचखाल नगरका सामुदायिक विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थीको संख्या घटिरहेको छ । चालु शैक्षिक सत्रमा नगरका केही विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी मात्रै अध्ययनरत पाइएको छ ।
पुल बनेपछि पानी नापेर खोला तर्नुपर्ने बाध्यता हट्यो
पुल बनेपछि पानी नापेर खोला तर्नुपर्ने बाध्यता हट्यो खोलामा झोलुङ्गे पुलसमेत नहुँदा बर्खा लागेपछि त्यस क्षेत्रका बासिन्दालाई वारिपारि गर्नुपरे लौरोको साहायताले खोलाको पानी नापेर वारपार गर्नुपर्ने बाध्यता त सामान्यजस्तै थियो । तर गएको वर्षदेखि लुदीखोलामा पक्की पुल बनेपछि भने वर्षौँदेखि कठिनाइ भोग्दै आएका स्थानीयलाई अहिले सजिलो भएको छ ।
८ लाख मूल्य बराबरका १ सय थान वाकिटकी बरामद
८ लाख मूल्य बराबरका १ सय थान वाकिटकी बरामद भारतबाट अवैध तवरले भित्राइएको एक सय थान पोर्टेबल वाकिटकी ह्यान्ड सेट आइतबार सशस्त्र प्रहरी बलले छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट बरामद गरेको हो । 
दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते
दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस सोमबार बिहान लमही नगरपालिका ४ वनगाउँमा पल्टिँदा चालकसहित १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
एमसीसी सीईओ काठमाडौंमा, प्रधानमन्त्री प्रचण्डलाई भेट्दै
एमसीसी सीईओ काठमाडौंमा, प्रधानमन्त्री प्रचण्डलाई भेट्दै अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटसहितको टोली काठमाडौं आइपुगेको छ ।आइतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको टोलीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने कार्यक्रम छ । अल्ब्राइट पाँच दिन काठमाडौंमा रहनेछिन् । 
मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयले मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीका २३ वर्षीय प्रेम मगर, दोलखाका २६ वर्षीय लालमान तामाङ र रामेछापका २ का २६ वर्षी प्रेम रसाइली छन् ।
रोल्पामा एस्काभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु
रोल्पामा एस्काभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु दुर्घटनामा च्यापिएर दाङको राप्ती गाउँपालिका-३ मसुरीयाका २२ वर्षीय सहचालक अमृत चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दाङको देउखुरीस्थित लठहवादेखि रोल्पाको लिबाङ ल्याउँदै गरेको रा १ क ११८७ नम्बरको एस्काभेटर रोल्पा नगरपालिका-१ भदौरे नजिक घुम्तीमा दुर्घटना भएको हो ।
वीरगन्जको बालसुधार गृहबाट फरार २ बालकैदी पक्राउ
वीरगन्जको बालसुधार गृहबाट फरार २ बालकैदी पक्राउ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई सर्लाहीस्थित सीमा नाकाबाट शनिबार राति र यादवलाई सिरहास्थित सीमा नाकाबाट आइतबार पक्राउ गरिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा ठाकुरलाई र जबर्जस्ती करणी मुद्दामा यादवलाई अदालतले दोषी ठहर गर्दै आचरण सुधारका लागि बाल सुधारमा पठाएको थियो ।
सर्लाहीको मलङ्गवामा जारी कर्फ्यु हट्यो
सर्लाहीको मलङ्गवामा जारी कर्फ्यु हट्यो प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले मलङ्गवा क्षेत्रमा लगाएको कर्फ्यु निष्क्रिय पार्ने निर्णय गरेको हो । बैठकले असोज १८ गते बृहत् सद्भाव र्‍याली निकाल्ने निर्णय पनि गरेको छ ।
सरकारी साक्षीले नै बयान फेरेपछि...
सरकारी साक्षीले नै बयान फेरेपछि... अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रुपमा गलत बयान दिएको अभियोगमा काठमाडौं गोकर्णेश्वरका ज्ञानहरि लामाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति न्यायाधीश कृष्ण प्रसाद सुवेदीले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् । आपराधिक विश्वासघात गरेको कसुरमा अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार पक्राउ गरेको थियो । पक्राउ गरेको दिनबाट आइतबार सम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो ।
सिरहामा बस दुर्घटना, दुई जनाको मृत्यु, २५ घाइते
सिरहामा बस दुर्घटना, दुई जनाको मृत्यु, २५ घाइते आइतबार दिउँसो राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस मिर्चैयाको मारुती सिमेन्ट फ्याक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । प्रहरीका अनुसार दुई जना पुरुषको घटनास्थल मै मृत्यु भएको हो । यस्तै बसमा सवार २५ जना यात्रुहरू घाइते छन् ।
Weather Update