News Griha :: न्यूजगृह
सिरहामा बस दुर्घटना, दुई जनाको मृत्यु, २५ घाइते

काठमाडौं—  सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएका छन् ।

आइतबार दिउँसो राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस मिर्चैयाको मारुती सिमेन्ट फ्याक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रहरीका अनुसार दुई जना पुरुषको घटनास्थल मै मृत्यु भएको हो । यस्तै बसमा सवार २५ जना यात्रुहरू घाइते छन् ।

घाइतेहरूको गोलबजारस्थित हस्पिटलहरूमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १८:४१
Weather Update