News Griha :: न्यूजगृह
रोल्पामा एस्काभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु

रोल्पा— रोल्पामा आइतबार बेलुकी एस्काभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

दुर्घटनामा च्यापिएर दाङको राप्ती गाउँपालिका-३ मसुरीयाका २२ वर्षीय सहचालक अमृत चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दाङको देउखुरीस्थितलठहवादेखि रोल्पाको लिबाङ ल्याउँदै गरेको रा १ क ११८७ नम्बरको एस्काभेटर रोल्पा नगरपालिका-१ भदौरे नजिक घुम्तीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले घुम्तीमा ब्रेक फेल भएर एस्काभेटर दुर्घटना भएको बताए । प्रहरीले एस्काभेटर चालक २६ वर्षीय सुमन चौधरीलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०४:३९
Weather Update